ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध

ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध : Icon Khabar

काठमाडौँ, भदौ २३ । ललितपुरमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो ।

जेनजी पुस्ताका युवाहरुको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले यस्तो कमद चालेको हो ।

क) पुल्चोकस्थित यु एन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्रः

पूर्वतर्फ इनारमोड जाने मूलबाटो,
पश्चिम राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय,
दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी बिकास बोर्डको चौहद्दीभित्र ।

ख) भैंसेपाटी स्थित नयाँ मन्त्री निवास क्षेत्रः

पूर्वमा भैसेपाटीबाट बुंगमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ्ग,
उत्तर भैसेपाटी आवास गेट,
दक्षिणतर्फ इटनी जाने ओह्रालो सीमा कायम गरी सो भित्र ।

ग) सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय क्षेत्रः पूर्वमा सानेपा चोकबाट ईन्द्रायणी मन्दिर पक्की सडक

Published Date: 08 September 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु