अगष्टमा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकद्वारा नेपाल भ्रमण

अगष्टमा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकद्वारा नेपाल भ्रमण : Icon Khabar

काठमाडौं, भदौ १७ । सन् २०२५ को अगष्टमा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्ग हुँदै आएका पर्यटकको मात्र हो ।

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगष्टमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ ।

यो महिना भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ७ हजार ५३३ अर्थात् ८.५ प्रतिशत आएका छन् ।

अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट ५ हजार ९५६ अर्थात् ६.७ प्रतिशत र बंगलादेशबाट ४ हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगष्टसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकबाट १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत आएका छन् ।

युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसेनियाबाट २ हजार ४३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट ७ हजार २९३ अर्थात् ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ ।

कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमश: पुनरुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।’

Published Date: 02 September 2025






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न