सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक

सुन र चाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक : Icon Khabar

काठमाडौं, भदौ १७ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढेर नयाँ रेकर्ड बनाइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । मंगलबारको बजारमा चाँदी दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा याे ताेलाकाे दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला तीन दिनदेखि चाँदीको मूल्य पनि रेकर्ड बनाउदै बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित