अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुग्यो

अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुग्यो : Icon Khabar

काठमाडौं, भदौ १६ । अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो । खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ ।

भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा थियो । भूकम्पको केन्द्रबाट झण्डै ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म धक्का महसुस गरिएको थियो ।

मध्यरातमा आएको भूकम्पले माटो र ढुंगाले बनेका ग्रामिण क्षेत्रका अधिकांश घरहरू भत्किएका छन् । सञ्चारमाध्यममा आएका भिडियो फुटेजहरूमा हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

भूकम्पले भत्किएका भग्नावशेषमा खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा आएको यति ठूलो भूकम्पले देशलाई पुन: संकटमा पारेको छ ।

मानवीय संकटसँग लडिरहेको दक्षिण एशियाली मुलुक अफगानिस्तानले वाह्य सहायता समेत तीव्ररूपमा कटौतीको सामना गरिरहेको छ । तालिबान सरकारको आन्तरिक मन्त्रालयले पूर्वी प्रान्त कुनार र नाग्गाहारमा थुप्रै घरहरू भत्किएका र ठूलो धनजनको क्षति भएको जनाएको छ ।

‘पूर्ण सहायताका लागि उद्धार र राहतमा हाम्रा सबै टोलीहरूलाई परिचालित छन्,’ मन्त्रालयका प्रवक्ता अब्दुल मतेन क्वानीले भने, ‘सुरक्षा, स्वास्थ्य सेवा र खाद्य सामग्री वितरणका लागि प्रयास भइरहेको छ ।’

भूकम्प र बाढीले प्राय: प्रभावित भइरहने ग्रामिण क्षेत्रमा उद्धारकर्मीहरू परिचालित भइरहेका राजधानी काबुलका अधिकारीहरूले बताएका छन् । पछिल्लो पटक सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला झण्डै एक हजार मानिसको मृत्यु भएको थियो । गएराति त्यसयताकै ठूलो भूकम्प गएको हो ।

Published Date: 01 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै