बारम्बार बिरामी पर्नुहुन्छ भने अपनाउनुस यी उपायहरु

बारम्बार बिरामी पर्नुहुन्छ भने अपनाउनुस यी उपायहरु : Icon Khabar

काठमाडौं, भदौ १६ । धेरै मानिस प्रायः मौसम परिवर्तनसंगै बारम्बार बिरामी पर्छन् । कहिले रुघा, कहिले खोकी त कहिले भाइरल ज्वरो ।

यस्तो अवस्था सामन्यतया शरीरको कमजोर प्रतिरक्षा प्रणाली (इम्युनिटी) का कारण हुन्छ । यदि तपाईँ पनि पटक–पटक विरामी भइरहनु हुन्छ भने आफ्नो दैनिक खानपानमा केहि विशेष खानेकुरा अनिवार्य रूपमा समावेश गर्नुपर्छ । हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि सन्तुलित आहारको महत्व हुन्छ ।

हामीले इम्युनिटी बढाउने फलफूल दैनिक रूपमा खायौँ भने पनि रोगहरु लाग्न पाउँदैन । इम्युनिटि बढाउने फलफुलहरुमा भिटामिनयुक्त तथा फलफलहरु (भिटामिन सीयुक्त) सुन्तला, मौसम, कागती, किवी, अमला आदि पर्दछन् ।

भिटामिनयुक्त फलफलले हाम्रो शरीरमा एन्टि–अक्सिडेन्ट उत्पादन गर्दछ र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्दछ । ती भिटामिनहरुले हामीलाई रुघा, खोकी, ज्वरोजस्ता संक्रमणबाट जोगाउने काम गर्छ । हामीले अम्बा दैनिक रूपमा खायौं भने पनि छाला र पाचन प्रणालीमा फाइदा पुऱ्याउँ छ।

हामीले मेवाबाट पनि भिटामिन सी, भिटामिन ए पूर्ण रुपमा प्राप्त गर्दछौँ । हामीले घरमा दैनिक सेवान गर्ने गेडगुडी तथा दालहरुबाट पनि भरपूर मात्रामा प्रोटिन र अमिनो एसिड प्राप्त हुने हुँदा ती भिटामिनले हाम्रो शरीर बलियो बनाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ ।

ड्राइफ्रुट्समा बदाम, ओखर, काजु, पेस्तामा भिटामिन डि, हेल्दी फ्याटम एन्टि–अक्सिडेन्ट हुन्छ, जसले दिमाग र हृदयको स्वास्थ्यमा पनि लाभदायक हुन्छ ।

तरकारीहरुमा पालुङ्गो, ब्रोकाउली, गाजर, टमाटर, तोरी आदि हरियो तरकारीमा आवश्यक भिटामिन, मिनरल र फाइबर हुन्छ । यसले हाम्रो रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । हामीले प्रोटिनउक्त खानेकुराहरुमा माछा, मासु, अण्डा खान सक्छौँ, जसले हाम्रो शरीरमा आवश्यक प्रोटिन दिन्छ ।

अन्नहरुमा ब्राउन राइस, गहुँ, मकैले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । पानी पनि हाम्रो शरीरमा अति आवश्यक छ । हाम्रो शरिर ६०–७० प्रतिशत पानीले बनेको हुन्छ । त्यसै कारणले गर्दा हामीले पर्याप्त मात्रामा पानी पिउनु पर्दछ । हामीले दिनमा ६–८ ग्लास पानी पिउनु पर्दछ ।

हामीलाई निन्द्रा पनि त्यतिकै आवश्यक पर्छ । हामीले आफ्नो शरीरलाई स्वस्थ राख्नको लागि दैनिक ७–८ घण्टा सुत्नु आवश्यक हुन्छ । निन्द्राले शारीरिक विकास र मर्मत गर्दछ, मस्तिष्क स्वास्थ्य राख्दछ, प्रतिरक्षा प्रणाली अर्थात रोगसंग लाइने क्षमता बलियो बनाउँछ । भावनात्मक स्थिरता अर्थात मानसिक तनाव कम गर्छ ।

हामीलाई नियमित व्यायाम र योगको पनि आवश्यक हुन्छ । नियमित व्यायाम र योगले शारीरीक स्वास्थ राख्दछ , मानसिक स्वास्थ राख्दछ । त्यसैले हामीले दैनिक कम्तिमा पनि ३० मिनेट व्यायाम गर्न पर्दछ ।

हामीले दैनिक रूपमा माथि भनिएका कुराहरुलाई फलो गऱ्यौँ भने हामी बारम्बार विरामी हुनबाट बच्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2025
Website | + posts