भक्तपुरका अवाल नेपाल इट्टा उद्योग महासंघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित

भक्तपुरका अवाल नेपाल इट्टा उद्योग महासंघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित : Icon Khabar

काठमाडौँ, भदौ १५ । नेपाल इट्टा उद्योग महासंघको सत्रौँ साधारण सभा तथा छैठौं राष्ट्रिय अधिवेशनले कृष्णप्रसाद अवाललाई आगामी कार्यकालका लागि राष्ट्रिय अध्यक्षमा निर्विरोध चयन गरेको छ। भक्तपुरका उद्योगी अवाल लामो समयदेखि इट्टा उद्योग व्यवसायमा संलग्न रहँदै आएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि अवालले महासंघलाई थप सबल र प्रभावकारी बनाउन आफ्नो नेतृत्व केन्द्रित गर्ने बताएका छन्। इट्टा उद्योगसँग सम्बन्धित नीतिगत सुधार, पर्यावरणमैत्री उत्पादन प्रणालीको प्रवर्द्धन, श्रमिकको अधिकार संरक्षण तथा उद्योगी व्यवसायीको हितमा आवश्यक पहल गर्ने योजनासमेत प्रस्तुत गरेका छन्।

नेपाल इट्टा उद्योग महासंघले देशभरका इट्टा उद्योग व्यवसायीहरूलाई एकीकृत गर्दै उनीहरूको समस्या समाधान, नीतिगत संवाद तथा व्यवसायिक सहज वातावरण निर्माण गर्ने उद्देश्य लिएको छ। यस अधिवेशनले नेतृत्व चयनसँगै संगठनलाई थप गतिशील बनाउने ठोस कार्ययोजना अघि बढाउने निर्णय गरेको छ।

अध्यक्षमा निर्वाचित भएका अवाललाई उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

Published Date: 31 August 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु