‘पवित्र रिश्ता’ अभिनेत्री प्रिया मराठेको निधन

‘पवित्र रिश्ता’ अभिनेत्री प्रिया मराठेको निधन : Icon Khabar

काठमाडौं, भदौ १५ ।  ‘पवित्र रिश्ता’, ‘कसम से’ र ‘उत्तरन’ जस्ता चर्चित हिन्दी टेलिश्रृंखलामा अभिनय गरेर दर्शकको मन जितेकी अभिनेत्री प्रिया मराठेको ३८ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी मराठे आइतबार बिहान ४ बजे मुम्बईको मीरा रोडस्थित आफ्नै घरमा अन्तिम सास फेरेकी हुन्। उनको निधनप्रति टेलिभिजन जगतका कलाकार तथा प्रशंसकले गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

सन् २०१२ मा उनले अभिनेता श्रीकान्त मोघेका छोरा शान्तनु मोघेसँग विवाह गरेकी थिइन्। रंगमञ्चमार्फत अभिनय यात्रा सुरु गरेकी उनले सन् २००५ मा मराठी टेलिभिजनबाट आफ्नो करियर प्रारम्भ गरेकी थिइन्।

सन् २००८ मा ‘कसम से’ टेलिश्रृंखलामार्फत हिन्दी टिभीमा प्रवेश गरेकी उनले ‘विद्या बाली’को भूमिका निर्वाह गरेकी थिइन्। सन् २००९ को सुपरहिट टेलिश्रृंखला ‘पवित्र रिश्ता’मा वर्षाको नकारात्मक पात्र निभाउँदै उनले ठूलो लोकप्रियता कमाएकी थिइन्।

त्यसपछि उनले ‘बडे अच्छे लगते हैं’, ‘कमेडी सर्कस’, ‘साथ निभाना साथिया’, ‘भागे रे मन’ र ‘आयुष्मान भवः’ लगायतका सफल कार्यक्रममा समेत अभिनय गरेकी थिइन्।

Published Date: 31 August 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु