नेप्से किन घट्यो, के घट्नुको कारण प्रि आईपीओ नै हो ?

नेप्से किन घट्यो, के घट्नुको कारण प्रि आईपीओ नै हो ? : Icon Khabar

काठमाडौँ, भदौ १५ । शेयर बजार पछिल्ला दुई कारोबार दिनदेखि घटेको छ । सूचक बढ्ने अपेक्षामा रहेका लगानीकर्ताहरु थप घटाईको भार खेप्नु परेको छ ।

आईतबारको बजार ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा झरेको छ । यस दिन ६ अर्ब ६ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । लगानीकर्ताहरु बजार घट्नुको कारण खाेजेका छन् । तर के कारणले बजार घटिरहेकाे छ, एकिनका साथ भन्न सकिने अवस्था छैन् । बजार निरन्तर घटेको अवस्थामा धेरै नाफा नभइसकेको हुँदा नाफा सुरक्षित भएको छैन् । यद्यपी बजारमा बिक्रीचाप निरन्तर रुपमा परेको छ ।

दाेस्रो बजारसँगै समानान्तर रुपमा प्रि आईपीओको शेयर खरिद बिक्री भएको छ । बजारको पैसा प्रि आईपीओमा लगानी हुने गरेको अनुमान गरिएको छ । अर्कोतर्फ पछिल्लो समय निरन्तर रुपमा दोस्रो बजारमा कम्पनी थप हुने क्रम जारी छ । आईपीओ मार्फत बाहिरिएको पैसा पनि बजारमा आउँदैन । बजारमा शेयरको माग भन्दा सप्लाई धेरै भएकै कारण बढ्न नसकेको लगानीकर्ताहरुको बुझाई छ ।

Published Date: 31 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै