आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ १५ । आज २०८२ भदौ १५ भदौ आइतबार, तद्अनुसार तद्अनुसार ३१ अगष्ट २०२५ । आज भदौ शुक्ल अष्टमी, वैधृति विष्टि, भद्रा अनुराधा, राधा जन्मोत्सव, गौरा पर्व, गोरखकाली पूजा, दुर्वाष्टमी, राष्ट्रिय पुस्तकालय दिवस, सूर्योदय बिहानः बजे, सूर्यास्त साँझः बजे ।

आजको राशिफल

मेष
आम्दानीमा वृद्धि हुनेछ । प्रगति हुनेछ । लाभका अवसर हात लाग्ने छन् । पार्टनरहरूको सहयोग समयमा प्राप्त हुनेछ । यात्राको योजना बन्न सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु होला । स्थायी सम्पत्तिसम्बन्धी कार्यले ठूलो लाभ दिन सक्छ । बेरोजगारी अन्त्य गर्ने प्रयास सफल हुनेछ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ३

वृष
पार्टी तथा पिकनिकको कार्यक्रम बन्न सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । व्यापार–व्यवसाय फलदायी रहने छ । सिर्जनात्मक कार्य सफल हुनेछन् । काममा मन रमाउने छ । सेयर बजारबाट लाभ मिल्ने सम्भावना छ । जागिरमा सुविधा बढ्न सक्छ । धन प्राप्ति सजिलै हुनेछ ।
शुभ रंगः सेतोे, शुभ अंकः ८

मिथुन
बोलीमा नियन्त्रण राख्नु होला । व्यवसाय राम्रो चल्ने छ । लाभ हुनेछ । अनावश्यक खर्च हुनेछ । खराब संगतबाट टाढा रहनु होला । अनावश्यक कुरामा ध्यान नदिई आफ्नै काममा ध्यान दिन आवश्यक छ ।
शुभ रंगः हरियो, शुभ अंकः ५

कर्कट
आत्म सम्मान जोगिने छ । उत्साह जगाउने समाचार प्राप्त हुनेछ । ठूलो काम गर्ने इच्छा हुनेछ । परिवारका सदस्यहरूको प्रगतिका समाचार मिल्ने छन् । खुशी छाउने छ । पारिवारिक सहयोग रहिरहने छ । पुराना साथी तथा पाहुनाको स्वागत–सम्मानमा खर्च हुनेछ ।
शुभ रंगः जामुनी, शुभ अंकः ६

सिंह
मित्रहरूको सहयोग तथा मार्गदर्शन प्राप्त हुनेछ । लाभका अवसर हात लाग्ने छन् । यात्राको योजना बन्ने छ । खुशी रहन सकिने छ । घर–बाहिर आनन्ददायक वातावरण रहने छ । जागिरमा शान्ति र सन्तुष्टि मिल्ने छ ।
शुभ रंगः क्रीम, शुभ अंकः ३

कन्या
काममा लगन र उत्साह कायम रहने छ । साथीहरूसँग रमाइलो समय बित्ने छ । यात्रा प फलदायी, मनोरञ्जक तथा लाभदायक हुनेछ । उपहार प्राप्त हुन सक्छ । व्यापार–व्यवसायबाट लाभ हुनेछ । सफलता हात लाग्ने छ । परिवारमा सुख–शान्ति रहने छ ।
शुभ रंगः नीलो, शुभ अंकः ८

तुला
साथीहरूको सहयोग प्राप्त हुनेछ । हतार नगर्नु होला । स्वास्थ्य कमजोर रहन सक्छ । बन्न लागेको काममा वाधा आउन सक्छ । जीवनसाथीसँग सामञ्जस्य कायम गर्नु होला । अनावश्यक खर्च हुनेछ । खराब संगतबाट बच्नु होला ।
शुभ रंगः बैजनी, शुभ अंकः ८

वृश्चिक
व्यवसाय राम्रो चल्ने छ । प्रसन्नता रहने छ । बाँकी रहेको रकम उठाउने प्रयास सफल हुनेछ । यात्रा रमाइलो हुनेछ । लाभका अवसर हात लाग्ने छन् । जागिरमा शान्ति मिल्ने छ । हतारमा आवश्यक वस्तु हराउन सक्छ ।
शुभ रंगः पहेँलो, शुभ अंकः ८

धनु
सामाजिक कार्य सफल हुनेछन् । मान–सम्मान प्राप्त हुनेछ । कार्य सिद्धि हुनेछ । लाभका अवसर प्राप्त हुनेछन् । खुशीको वातावरण रहने छ । पारिवारिक सहयोग पाइने छ । ठूलो काम गर्ने इच्छा हुनेछ । सफलता हासिल गर्न साधन जुट्नेछन् ।
शुभ रंगः केशरी, शुभ अंकः ८

मकर
कुनै राजनीतिक व्यक्तिको सहयोग प्राप्त हुन सक्छ । लाभका ढोका खुल्ने छन् । तन्त्र–मन्त्रप्रति रुचि बढ्ने छ । चोटपटक अथवा दुर्घटनाबाट बच्नु होला । व्यस्तता बढ्ने छ । थकान तथा कमजोरी महसुस हुनेछ । विवादबाट टाढा रहनु होला । धन प्राप्त हुनेछ।
शुभ रंगः हरियो, शुभ अंकः ६

कुम्भ
आडम्बर तथा विलासितामा ठूलो खर्च हुनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस् । चोटपटक अथवा दुर्घटनाबाट बच्नु होला । असहयोग अथवा अशान्तिको वातावरण रहने छ । आफ्ना कुरा अरूलाई बुझाउन सकिने छैन । शुभ चिन्तकहरूको सहयोग पाइने छ । धनार्जन सम्भव छ ।
शुभ रंगः रातो, शुभ अंकः ६

मीन
वरिष्ठ व्यक्तिको सहयोगले कार्यमा आएको वाधा हट्ने छ र लाभको स्थिति बन्ने छ । पारिवारिक सदस्यहरूको व्यवहार अनुकूल हुनेछ । व्यवसाय राम्रोसँग चल्ने छ । नयाँ व्यक्तिहरूसँग परिचय हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहने छ ।
शुभ रंगः सुन्तला, शुभ अंकः ७

Published Date: 31 August 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो