लुना लुइँटेले जितिन् मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि

लुना लुइँटेले जितिन् मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि : Icon Khabar

काठमाडौं, भदौ १५ । मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि २६ वर्षीया लुना लुइँटेलले जितेका छिन् । द हिडन ट्रेजरले शनिबार आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले यो उपाधि जितेकी हुन् ।

मिस नेपाल वर्ल्ड-२०२४ आश्मा कुमारी केसीले विजेता लुइँटेललाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिएकी थिइन् । लुइँटेल अष्ट्रेलियाबाट मिस नेपालमा प्रतिस्पर्धा गर्न काठमाडौं आएकी थिइन् ।

स्कूभा डाइबरसमेत रहेकी लुइँटेल १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । त्यहाँ उनले नर्सिङ अध्ययन गरिन् । युनिभर्सिटी अफ सिड्नीबाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुइँटेल यसअघि सन् २०१५ मा मिस टिनको उप-विजेता बनेकी थिइन् ।

प्रतियोगितामा दीपशिखा नेपालले ‘मिस नेपाल कस्मो’ को उपाधिसहित पहिलो उप-विजेता बनिन् ।

Published Date: 31 August 2025


ताजा
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु