लुना लुइँटेले जितिन् मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि

लुना लुइँटेले जितिन् मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि : Icon Khabar

काठमाडौं, भदौ १५ । मिस नेपाल वर्ल्ड-२०२५ को उपाधि २६ वर्षीया लुना लुइँटेलले जितेका छिन् । द हिडन ट्रेजरले शनिबार आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ प्रतियोगीलाई पछाडि पार्दै लुनाले यो उपाधि जितेकी हुन् ।

मिस नेपाल वर्ल्ड-२०२४ आश्मा कुमारी केसीले विजेता लुइँटेललाई मिस नेपाल वर्ल्ड २०२५ को ताज पहिर्‍याइ दिएकी थिइन् । लुइँटेल अष्ट्रेलियाबाट मिस नेपालमा प्रतिस्पर्धा गर्न काठमाडौं आएकी थिइन् ।

स्कूभा डाइबरसमेत रहेकी लुइँटेल १७ वर्षको उमेरमै अस्ट्रेलिया गएकी थिइन् । त्यहाँ उनले नर्सिङ अध्ययन गरिन् । युनिभर्सिटी अफ सिड्नीबाट पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत लुइँटेल यसअघि सन् २०१५ मा मिस टिनको उप-विजेता बनेकी थिइन् ।

प्रतियोगितामा दीपशिखा नेपालले ‘मिस नेपाल कस्मो’ को उपाधिसहित पहिलो उप-विजेता बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 August 2025
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित