वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी

वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी : Icon Khabar

काठमाडौँ, भदौ १३ नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा (कोलेरा) को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ ।

गत वर्ष ललितपुरको पुनस्र्थापना केन्द्रमा हैजाले महामारीको रूप लिएको थियो । काठमाडौँमा पनि हैजाका कारण धेरै मानिस प्रभावित भएका थिए । बर्खाको पानी मिसावट भएर हैजा फैलिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू हुन नसक्ने बताए । ढलको पानी पिउने, पानी नतताई पिउने, सागसब्जी नपखाली खाएका कारण हैजा पुष्टि भएको छ । डा. झाले बर्सेनि हैजाको प्रकोप बढ्नुमा कोलेरा जीवाणु भएको खानेपानी प्रमुख कारण भएको जानकारी दिए । भिब्रियो कोलेरा नामक जीवाणुबाट हैजा फैलिएको पनि उनले जानकारी गराए। वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी यही भएको उनले बताए ।

Published Date: 29 August 2025
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न