वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी

वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी : Icon Khabar

काठमाडौँ, भदौ १३ नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा (कोलेरा) को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर, इनारमा ढलको पानी मिसावट भएर, पानीका पाइप फुट्न गई हैजाको भाइरस मिसिएर, भिब्रियो कोलेरा भएको तरकारी नपखाली खाँदा हैजा महामारीका रूपमा फैलने गरेको छ ।

गत वर्ष ललितपुरको पुनस्र्थापना केन्द्रमा हैजाले महामारीको रूप लिएको थियो । काठमाडौँमा पनि हैजाका कारण धेरै मानिस प्रभावित भएका थिए । बर्खाको पानी मिसावट भएर हैजा फैलिएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू हुन नसक्ने बताए । ढलको पानी पिउने, पानी नतताई पिउने, सागसब्जी नपखाली खाएका कारण हैजा पुष्टि भएको छ । डा. झाले बर्सेनि हैजाको प्रकोप बढ्नुमा कोलेरा जीवाणु भएको खानेपानी प्रमुख कारण भएको जानकारी दिए । भिब्रियो कोलेरा नामक जीवाणुबाट हैजा फैलिएको पनि उनले जानकारी गराए। वीरगन्जमा फैलिएको हैजाको प्रमुख कारण खानेपानी यही भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2025
Website | + posts




ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो
बुधबार कस्तो रहला देशभरको मौसम?
आज बुधबारको राशिफल


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित