स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड : Icon Khabar

काठमाडौं, भदौ १२ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा कुल २४ लाख ४० हजार ४६० आवेदकबाट २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन सदर र २ हजार ३०० आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट २ करोड ७४ लाख १८ हजार ५४० कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो ।

त्यसमध्ये १९ हजार ५१९ जनालाई १० कित्ताका दरले १ लाख ९५ हजार १९० सय कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी ५ कित्ता शेयर ५ जनालाई १÷१ कित्ताका दरले बाँडफाँड गरिएको छ । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइट मार्फत हेर्न सकिनेछ ।

आज बिहान नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । नबिल इनभेष्टमेन्ट यस आईपीओको विक्री प्रबन्धक हो । कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

Published Date: 28 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै