‘कृष–४’ लाई अभिनेता ऋतिक रोशनले नै निर्देशन गर्ने

‘कृष–४’ लाई अभिनेता ऋतिक रोशनले नै निर्देशन गर्ने : Icon Khabar

मुम्बई, भदौ ११ । कोरियोग्राफर तथा फिल्ममेकर फराह खान आफ्नो भ्लग सिरिजका क्रममा निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । सो क्रममा उनले राकेशसँग उनको निर्देशन यात्राबारे विस्तृत कुराकानी गरेकी छिन् ।

भ्लगकै दौरानमा राकेशले सुपरहिट फिल्म ‘कृष’ मा प्रयोग भएको वैक्स मास्कबारे अज्ञात रहस्य सार्वजनिक गरेका छन् । उनका अनुसार उक्त मास्क तयार पार्न झन्डै ६ महिना लागेको कुरा सेयर गरेका छन्। ‘मास्कको डिजाइनमा यति धेरै हेरचाह गरिएको थियो जसका लागि सेटमा ऋतिक रोशनभन्दा बढी मास्ककै हेरचाह गरिन्थ्यो, उनले हाँस्दै बताए ।

राकेशले ऋतिकको अनुहारसँग मिल्ने मास्क बनाउन टिमले लामो समय खर्च गरेको र पात्रको पहिरहन देखि अन्य सूक्ष्म विवरणसम्ममा विशेष ध्यान दिइएको बताएका छन्। उनले थप भने, ‘सबैभन्दा चुनौतीपूर्ण कुरा भनेको मास्क मौरीको मैनबाट बनेको थियो, जसले गर्दा गर्मीमा पग्लने खतरा थियो । त्यसैले सुटिङ सेटमै २४ घण्टा एसी बस राखिएको थियो ।’

यससँगै उनले आगामी ‘कृष–४’ बारे पनि जानकारी दिएका छन् । उनका अनुसार यो फिल्ममा अभिनेता ऋतिक रोशनले मुख्य पात्रका रूपमा मात्र नभई निर्देशकको भूमिकासमेत निर्वाह गर्नेछन् । यशराज फिल्म्स र रोशनको आफ्नै ब्यानरमा तयार हुन लागेको यस फिल्मको निर्माण कार्य सन् २०२६ को सुरुवातमा प्रारम्भ गर्ने योजना रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2025
Website | + posts




ताजा
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित