‘कृष–४’ लाई अभिनेता ऋतिक रोशनले नै निर्देशन गर्ने

‘कृष–४’ लाई अभिनेता ऋतिक रोशनले नै निर्देशन गर्ने : Icon Khabar

मुम्बई, भदौ ११ । कोरियोग्राफर तथा फिल्ममेकर फराह खान आफ्नो भ्लग सिरिजका क्रममा निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । सो क्रममा उनले राकेशसँग उनको निर्देशन यात्राबारे विस्तृत कुराकानी गरेकी छिन् ।

भ्लगकै दौरानमा राकेशले सुपरहिट फिल्म ‘कृष’ मा प्रयोग भएको वैक्स मास्कबारे अज्ञात रहस्य सार्वजनिक गरेका छन् । उनका अनुसार उक्त मास्क तयार पार्न झन्डै ६ महिना लागेको कुरा सेयर गरेका छन्। ‘मास्कको डिजाइनमा यति धेरै हेरचाह गरिएको थियो जसका लागि सेटमा ऋतिक रोशनभन्दा बढी मास्ककै हेरचाह गरिन्थ्यो, उनले हाँस्दै बताए ।

राकेशले ऋतिकको अनुहारसँग मिल्ने मास्क बनाउन टिमले लामो समय खर्च गरेको र पात्रको पहिरहन देखि अन्य सूक्ष्म विवरणसम्ममा विशेष ध्यान दिइएको बताएका छन्। उनले थप भने, ‘सबैभन्दा चुनौतीपूर्ण कुरा भनेको मास्क मौरीको मैनबाट बनेको थियो, जसले गर्दा गर्मीमा पग्लने खतरा थियो । त्यसैले सुटिङ सेटमै २४ घण्टा एसी बस राखिएको थियो ।’

यससँगै उनले आगामी ‘कृष–४’ बारे पनि जानकारी दिएका छन् । उनका अनुसार यो फिल्ममा अभिनेता ऋतिक रोशनले मुख्य पात्रका रूपमा मात्र नभई निर्देशकको भूमिकासमेत निर्वाह गर्नेछन् । यशराज फिल्म्स र रोशनको आफ्नै ब्यानरमा तयार हुन लागेको यस फिल्मको निर्माण कार्य सन् २०२६ को सुरुवातमा प्रारम्भ गर्ने योजना रहेको उनले बताएका छन् ।

Published Date: 27 August 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु