आइतबार नेप्से परिसूचक १८.०२ अंकले घट्यो

आइतबार नेप्से परिसूचक १८.०२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ८ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से आज १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा ओर्लिएको हो । पछिल्ला दुई कारोबार दिन पनि नेप्से घटेको थियो।

आज दिनभर १ करोड ४० लाख ९ हजार ७ सय ८ कित्ता सेयर ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भयो ।

कारोबारमा आएका कम्पनीमध्ये ४१ वटाको सेयर मूल्य बढ्यो भने २०८ वटाको घट्यो।

विकास हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ।

Published Date: 24 August 2025






ताजा
विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने
‘निरुता मेरी सानैदेखिकी प्रेरणा’ : मिरुना मगर भावुक, निरुताले भनिन्– ‘माइ लिटिल स्टार’
१०४ खेल, ४८ टोली र ३९ दिनको फिफा विश्वकप फुटबलको रोमाञ्च आजदेखि
बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
व्यवहारिक शिक्षाको नयाँ गन्तव्य बन्दै भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड