विजूक्छें निवासमा रामचन्द्र पौडेल

विजूक्छें निवासमा रामचन्द्र पौडेल : Icon Khabar

भक्तपुर, फागुन ५ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजूक्छें निवास पुगेर भेटघाट गरेका छन् ।

नेता पौडेल र विजूक्छेंको वर्तमान राजनीतिक अवस्थाको विषयमा राजनीतिक भेटघाट भएको विजूक्छें निवासले जनाएको छ । बिहीबार दिउसो उनीहरू बिच भेटवार्ता भएको हो । नेता दोयको करिब २ घण्टा वार्ता भएको थियो ।

भेटघाटमा वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुवै नेता बिच छलफल भएको स्रोतले जनाएको छ । भेटघाटमा तरुण दलका पूर्व अध्यक्ष विनोद प्रकाश कायस्थ पनि उपस्थिति रहेको थियो।

Published Date: 17 February 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता