नुवाकोटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते

नुवाकोटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते : Icon Khabar

नुवाकोट, फागुन ५ । नुवाकोटको विदुर नगरपालिका–१२ मा बिहीबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्लाको विदुरको बट्टारबाट तारकेश्वर गाउँपालिकाको दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस सडकबाट करिब १५० मिटर तल खसेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

दुई जनाको घटनास्थलमै र एक जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी पण्डितले जानकारी दिए ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ का रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् ।

घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । चालकले गाडीको नियन्त्रण गुमाएपछि बस सडकबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Published Date: 17 February 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता