नुवाकोटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते

नुवाकोटमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते : Icon Khabar

नुवाकोट, फागुन ५ । नुवाकोटको विदुर नगरपालिका–१२ मा बिहीबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्लाको विदुरको बट्टारबाट तारकेश्वर गाउँपालिकाको दाङसिंह जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस सडकबाट करिब १५० मिटर तल खसेको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

दुई जनाको घटनास्थलमै र एक जनाको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको एसपी पण्डितले जानकारी दिए ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ का रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् ।

घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । चालकले गाडीको नियन्त्रण गुमाएपछि बस सडकबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 February 2023
Website | + posts