प्याब्सन भक्तपुरको आयोजनामा प्याब्सन गायन तारा कार्यक्रम सम्पन्न

प्याब्सन भक्तपुरको आयोजनामा प्याब्सन गायन तारा कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, साउन २९ । प्याब्सन भक्तपुर जिल्लाको आयोजनामा प्याब्सन गायन तारा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतियोगितामा मोर्डन इ. स्कुलले प्रथम स्थान हासिल गर्न सफल रहयो भने साहारा राष्ट्रिय विद्यालय र मेरिगोल्ड इ. बोर्डिङ स्कुलले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल भए ।

त्यस्तै एभरेष्ट इ. स्कुल, विङ्स एकेडेमी, चाणक्य सेकेण्डरी स्कुल, प्रेसस इ. स्कुल र मित्रश्री पाठशालाले सान्त्वना स्थान प्राप्त गर्न सफल रहे ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला उपाध्यक्ष विजय कर्माचार्यको सभाध्यक्षतामा सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, जिल्ला अध्यक्ष राजन कसपाल, केन्द्रीय कोषाध्यक्ष गणेशबाबु पोखरेल, केन्द्रीय उपमहासचिव भुवनलाल श्रेष्ष्ठ, बागमती प्रदेसका वरिष्ठ उपाध्यक्ष सानुराना कार्की लगायतक उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सुपरिचित गायक लोचन भट्टराई, कोमल महर्जन, नारायण ओलीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा चर्चित बाल कलाकार अशोक दर्जीले पनि आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमको सञ्चालन इसीए उपसमितिका सदस्य राम निरौला र धन्यवाद ज्ञापन इसीए उपसमितिमा सहसंयोजक कृष्ण कार्कीले धन्यवाद ज्ञापन गरेका थिए।

Published Date: 14 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर