सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर

सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर : Icon Khabar
फाइल तस्बिर

काठमाडौं, साउन २९ । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यो शुल्क तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बैठकको निर्णयअनुसार नागढुंगा सुरुङमार्गबाट कार/भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी मिनी बस/ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिर जाँदा ८० रुपैयाँ तिर्नुपर्छ । बस/ट्रक काठमाडौं आउँदा २६० र बाहिर जाँदा २०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

भारी उपकरणतर्फ काठमाडौं आउँदा ६०० रुपैयाँ र बाहिर जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

दुईपांग्रे सवारीसाधनले भने सुरुङमार्गमा प्रवेश पाउने छैनन् ।

सुरुङमार्ग केही महिना पछि सञ्चालनमा ल्याउने सरकारी तयारी छ तर मिति तोकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2025
Website | + posts