सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर

सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर : Icon Khabar
फाइल तस्बिर

काठमाडौं, साउन २९ । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यो शुल्क तोकेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

बैठकको निर्णयअनुसार नागढुंगा सुरुङमार्गबाट कार/भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी मिनी बस/ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिर जाँदा ८० रुपैयाँ तिर्नुपर्छ । बस/ट्रक काठमाडौं आउँदा २६० र बाहिर जाँदा २०० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

भारी उपकरणतर्फ काठमाडौं आउँदा ६०० रुपैयाँ र बाहिर जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

दुईपांग्रे सवारीसाधनले भने सुरुङमार्गमा प्रवेश पाउने छैनन् ।

सुरुङमार्ग केही महिना पछि सञ्चालनमा ल्याउने सरकारी तयारी छ तर मिति तोकिएको छैन।

Published Date: 14 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर