बिहिबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढ्यो : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, साउन २९ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजाे बुधबारको बजारमा चाँदी दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2025
Website | + posts