विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ : Icon Khabar

काठमाडौं, साउन २८ । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–६ घर भइ काठमाडौं बुढानिलकण्ठ बस्दै आएका २९ वर्षीय त्रिलोक सिंह छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

विदेश पठाउने भन्दै उनले ६६ जनाबाट चार करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप छ । उनी एन.ए.एन. मेरिटाएम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2025
Website | + posts
ताजा
विदेश पठाउने भन्दै चार करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ
बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो
गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना, सबैभन्दा बढी बागमती प्रदेशमा
बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू