बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो

बुधबार नेप्से परिसूचक १०.५० अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन २८ । सेयर बजार परिसूचक नेप्से बुधबार १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा ओर्लिएको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आजको कारोबारमा १ करोड ५८ लाख ४७ हजार ८ सय ७३ कित्ता सेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७ सय ३४ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ।

अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ९१ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३२१ स्टकको ७० हजार ९९ पटकको कारोबारमा ६ अर्ब १६ करोड १८ लाखको कारोबार भएको हो ।

आज माया खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै, सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य करिब साढे ४ प्रतिशत बढेको छ।

१०.२५ प्रतिशत केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ। कारोबारमा आएको सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको ३४ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड नाघेको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

पछिल्ला दुई कारोबार दिन पनि नेप्से घटेको थियो।

Published Date: 13 August 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर