गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना, सबैभन्दा बढी बागमती प्रदेशमा

गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना, सबैभन्दा बढी बागमती प्रदेशमा : Icon Khabar
?????????????????????????????

काठमाडौँ, साउन २८ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।

विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमती प्रदेशमा ३८ वटा घटना भएका छन् ।

त्यसैगरी, मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देश बाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।

समीक्षा अवधिमा वाग्मतीमा चार, मधेसमा तीन र कर्णाली प्रदेशमा दुई प्रेस स्वतन्त्रता दुरुपयोगका घटना भएका काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2025
Website | + posts
ताजा
गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना, सबैभन्दा बढी बागमती प्रदेशमा
बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुन सक्रिय, केही स्थानमा मुसलधारे वर्षाको सम्भावना


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू