बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन २८ । घरेलु बजारमा सुनको ओरालो यात्रा आजपनि जार्री रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा भईरहेको जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2025
Website | + posts