काठमाडौं, साउन २७ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको हो ।
सेन्सेटिभ इण्डेक्स ४.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंकले घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो सोमबार १० अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । ३२३ स्टकको ७८ हजार २२६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज सिटी होटलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सको करिब २४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये आज एक उपसमूहको मात्र परिसूचक बढेको । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको हो। वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
Published Date: 12 August 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1