मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन २७ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको हो ।

सेन्सेटिभ इण्डेक्स ४.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंकले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। हिजो सोमबार १० अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ । ३२३ स्टकको ७८ हजार २२६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सिटी होटलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सको करिब २४ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज एक उपसमूहको मात्र परिसूचक बढेको । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३२ प्रतिशत बढेको हो। वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 12 August 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर