भक्तपुरमा अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५ हुँदै

विशेषज्ञ परामर्शदाताद्वारा निशुल्क परामर्श दिईने

भक्तपुरमा अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५ हुँदै : Icon Khabar

भक्तपुर, साउन २७ । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर स्वरूप ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ यहि भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको छ।

आर्गस एजुकेशन भक्तपुर, सूर्यविनायकले आयोजना गर्न लागेको सो स्टडी अब्रोड एक्स्पो २०२५ तीन दिनसम्म चल्ने छ। यस मेलामा अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रतिष्ठित विश्वविद्यालयहरुको अध्ययन कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया र कलेजबारे विस्तृत जानकारी निशुल्क रूपमा लिन सकिनेछ।

विद्यार्थीलाई प्रत्यक्ष लाभ
मेलामा सहभागी हुनेहरूले विभिन्न विषय र तहका शैक्षिक कार्यक्रमबारे जानकारीका साथै आफ्नो क्षमता र चासोअनुसार उपयुक्त विश्वविद्यालय छनोट गर्न सहयोग पाउनेछन्। त्यस्तै, विशेषज्ञ परामर्शदाताले आवश्यक कागजात तयारीदेखि भिसा प्रक्रियासम्म पूर्ण सहयोग गर्नेछन्।

छात्रवृत्ति र भिसा सहयोग
कार्यक्रममा छात्रवृत्ति अवसरहरूको जानकारी दिइनेछ भने अष्ट्रेलिया र न्यूजिल्यान्डको भिसा प्रक्रियाबारे स्पष्ट मार्गनिर्देशन पनि प्रदान गरिनेछ। यसका साथै, अध्ययनको क्रममा र अध्ययनपछि उपलब्ध हुने रोजगारी अवसरबारे समेत छलफल हुनेछ।

शिक्षामा गुणस्तरीय परामर्शका लागि परिचित आर्गस एजुकेशनले लामो समयदेखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न मार्गदर्शन गर्दै आएको छ। ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ को बारे विस्तृत विवरण आर्गस एजुकेशन भक्तपुर सूर्यविनायक मार्फत प्राप्त गर्न सकिनेछ वा आर्गस एजुकेशन भक्तपुरको फेसबुक पेज वा टेलिफोन नं ०१-५९२४०१४, ९७०५१५०७४१, ९७०५१५०७४२ मार्फत पनि प्राप्त गर्न सकिनेछ।

उक्त एक्स्पो कम्पनीको कार्यालय सूर्यविनायक भक्तपुरमै बिहान १० बजेदेखि ५ बजेसम्म हुने जनाएको छ।

Published Date: 12 August 2025






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता