भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक

भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन २७ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक गरेको छ ।

उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन्। दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यही साउन २१ र २२ गते ती जिल्लाहरूमा आएको बाढीपहिरोमा उनीहरू सम्पर्कविहीन भएका हुन्।

नेपालीहरुकको उद्धार तथा खोजी कार्य भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा भइरहेको दूतावासले जनाएको छ।

दूतावासले प्रभावित नेपालीका आफन्तलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रहसमेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 August 2025
Website | + posts