तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता

तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता : Icon Khabar

रामेछाप, साउन २७ । मन्थली नगरपालिका–७ भुटौली नजिकै ठेडखोला किनारबाट तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता भएका छन् ।

भटौलीको मुगिटारका ७६ वर्षीय श्रीवंश कँडेल मंगलबार बिहान तामाकोशी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् । बिहान १० बजे तिर घरबाट नुहाउन भनी निस्किएका कँडेल बगेर बेपत्ता भएका स्थानीय पाण्डव प्रसाईँले जानकारी दिए ।

बिहान नदीमा नुहाएर घर गएका प्रसाईँ पुनः खाना खाएर नदीमा गएका थिए । नदी किनारमा लुगा खोलेर नुहाउन पसेका प्रसाईँ बगेर बेपत्ता भएका हुन् । ‘नदीको पानीमा अलि तलसम्म हात हल्लाएको एक जनाले देखेका रहेछन्,’ उनले भने ।

घटनाको बारेमा बिहान १०ः३० बजेतिर जानकारी आउने बित्तिकै घटनास्थलमा पुगी नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजीमा जुटेको रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए । स्थानीय र प्रहरी खोजी गरिरहेका छन् ।

वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए । ‘कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने ।

Published Date: 12 August 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर