नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्ममा

नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्ममा : Icon Khabar

काठमाडौं, साउन २७ । गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली फिल्म ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो फिल्म संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो। यसको कथामा एक बैङ्कका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो ।

हिमाल कडरियाको निर्माण तथा विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने र आभा अर्याल लगायतका कलाकारको अभिनय समावेश छ।

Published Date: 12 August 2025






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता