भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन

भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन : Icon Khabar

धादिङबेंसी, साउन २३ । भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेहरुमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।

उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

उहाँका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई आग्रह गरिएको छ ।

साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशङ्का गरिएको छ ।

Published Date: 08 August 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी