भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली

भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली : Icon Khabar

भक्तपुर, साउन २३ । गुन्हीपुन्ही र सापारु पर्वलाई लक्षित गर्दै भक्तपुरमा आज प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ कार्यक्रम र र्‍याली आयोजना भयो। दुई फरक मार्गबाट सुरु भएको सफाइ र्‍याली खौमामा सभामा परिणत भयो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, सहकारी, जनप्रतिनिधि र स्थानीयको उत्साहजनक सहभागिता थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सफा र सांस्कृतिक नगरका रूपमा प्रचार गरी उत्कृष्ट गन्तव्यस्थल बनाउने योजना अघि बढिरहेको बताए। उपप्रमुख जोशीले नयाँ पुस्तालाई संस्कृति संरक्षणतर्फ प्रोत्साहित गर्नुपर्नेमा जोड दिईन् ।

वडाध्यक्षहरूले गाईजात्रा सभ्य र व्यवस्थित सञ्चालन गर्न सबैलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
Published Date: 08 August 2025
Website | + posts