भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली

भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली : Icon Khabar

भक्तपुर, साउन २३ । गुन्हीपुन्ही र सापारु पर्वलाई लक्षित गर्दै भक्तपुरमा आज प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ कार्यक्रम र र्‍याली आयोजना भयो। दुई फरक मार्गबाट सुरु भएको सफाइ र्‍याली खौमामा सभामा परिणत भयो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, सहकारी, जनप्रतिनिधि र स्थानीयको उत्साहजनक सहभागिता थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सफा र सांस्कृतिक नगरका रूपमा प्रचार गरी उत्कृष्ट गन्तव्यस्थल बनाउने योजना अघि बढिरहेको बताए। उपप्रमुख जोशीले नयाँ पुस्तालाई संस्कृति संरक्षणतर्फ प्रोत्साहित गर्नुपर्नेमा जोड दिईन् ।

वडाध्यक्षहरूले गाईजात्रा सभ्य र व्यवस्थित सञ्चालन गर्न सबैलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।

Published Date: 08 August 2025


ताजा
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
देशभर वर्षाको सम्भावना: बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहनसक्ने चेतावनी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु