भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन

भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन : Icon Khabar

काठमाडौँ, साउन २२ । भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन भएका छन्। कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै वडा नम्बर २ का १३ जना सम्पर्कविहीन भएको जानकारी दिएको हो।

‘गत साउन २० गते तदअनुरूप (५ अगष्ट २०२५) मा भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भीषण बाढी तथा पहिरोको कारण कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जना भन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानकारी प्राप्त भएकाले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघिय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ गाउँपालिकाले विज्ञप्तिमार्फत् भनेको छ।

उत्तराखण्डमा क्लाउड ब्रस्ट भएर उक्त विपत्ति निम्तिएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। उत्तरकाशी क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने पनि आकलन गरिएको छ।

Published Date: 08 August 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी