नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, साउन २३ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत साउन २० हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2025
Website | + posts