नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, साउन २३ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य गत साउन २० हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 08 August 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी