रु ८२ लाखको म्याद सकिएको बियर बरामद

रु ८२ लाखको म्याद सकिएको बियर बरामद : Icon Khabar

काठमाडौं, फागुन ४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख मूल्य बराबरको म्याद नाघेको बियर बरामद गरेको छ ।विभागले मंगलबार र बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका करिब २ हजार ७ सय ५७ डिब्बा बियर बरामद गरेको हो ।

विभागका महानिर्देशक महेश भट्टराईले बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुबोर्ग, मुस्ताङ, नेपाल आइस, कार्ल्सबर्ग, गोरखालगायतका विभिन्न ब्राण्डका बियर बरामद गरिएको बताए ।

विभागले मंगलबार धुम्बाराहीस्थित याक ब्रुइङ कम्पनीको डिलर क्लाइम्याक्स ट्रेडिङ कम्पनीको तीन गोडाउनमा राखिएको २ हजार १ सय थान बियर बरामद गरेको छ ।

त्यसैगरी बुधबार संस्कार ट्रेडर्स प्रालि, सिनामंगलको गोडाउनबाट ३ सय ५५ थान म्याद नाघेको बियर र सिनामंगलस्थित सीके ट्रेडिङ प्रालिको गोडाउनबाट ३०२ कार्टन बियर बरामद गरिएको छ ।

विभागले कम गुणस्तरको तथा म्याद नाघेका बियर तथा अन्य पेय पदार्थको बिक्री वितरणमा सचेत रहन उपभोक्तालाई आग्रह गरेको छ भने उपभोक्तालाई पाइएमा विभागलाई जानकारी गराउन समेत विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 16 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?