रु ८२ लाखको म्याद सकिएको बियर बरामद

रु ८२ लाखको म्याद सकिएको बियर बरामद : Icon Khabar

काठमाडौं, फागुन ४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख मूल्य बराबरको म्याद नाघेको बियर बरामद गरेको छ ।विभागले मंगलबार र बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका करिब २ हजार ७ सय ५७ डिब्बा बियर बरामद गरेको हो ।

विभागका महानिर्देशक महेश भट्टराईले बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुबोर्ग, मुस्ताङ, नेपाल आइस, कार्ल्सबर्ग, गोरखालगायतका विभिन्न ब्राण्डका बियर बरामद गरिएको बताए ।

विभागले मंगलबार धुम्बाराहीस्थित याक ब्रुइङ कम्पनीको डिलर क्लाइम्याक्स ट्रेडिङ कम्पनीको तीन गोडाउनमा राखिएको २ हजार १ सय थान बियर बरामद गरेको छ ।

त्यसैगरी बुधबार संस्कार ट्रेडर्स प्रालि, सिनामंगलको गोडाउनबाट ३ सय ५५ थान म्याद नाघेको बियर र सिनामंगलस्थित सीके ट्रेडिङ प्रालिको गोडाउनबाट ३०२ कार्टन बियर बरामद गरिएको छ ।

विभागले कम गुणस्तरको तथा म्याद नाघेका बियर तथा अन्य पेय पदार्थको बिक्री वितरणमा सचेत रहन उपभोक्तालाई आग्रह गरेको छ भने उपभोक्तालाई पाइएमा विभागलाई जानकारी गराउन समेत विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 16 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ