नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट

नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट : Icon Khabar

काठमाडौं, फागुन ४ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.७० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक घटेको छ। बिहिबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५६ स्टकको ३५ हजार ७९ पटकको कारोबारमा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको ४७ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

Published Date: 16 February 2023






ताजा
धरौटीले होइन, नियमनले बचाउँछ विद्यार्थी: शैक्षिक परामर्श व्यवसायीहरूको चेतावनी
शुक्रबार सुनको मूल्यमा गिरावट
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न