पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक : Icon Khabar

सिन्धुपाल्चोक, साउन २२ । पेट दुखेपछि अस्पताल पुर्‍याइएकी एक नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ ।

जिल्लाको सदरमुकाम चौतारा नजिक चौतारा साँगा चोकगढी नगरपालिकाकी एक नाबालिकामाथि विगत ९ महिनादेखि यौन दुर्व्यवहार हुँदै आएको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकका सूचना अधिकारी नायब उपरीक्षक माधवराज खरेलका अनुसार मंगलबार पेट दुखेपछि परिवारले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालमा सुत्केरी प्रक्रियाका क्रममा किशोरीको उमेरप्रति चिकित्सकले शंका गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा स्थानीय ५० वर्षीय श्रेष्ठ थरका एक पुरुषले पटक–पटक जबरजस्ती करणी गर्दै आएको खुल्न आएको प्रवक्ता डिएस्पी खरेलले जानकारी दिए । सुत्केरी भएपछि किशोरीले बच्चा जन्माएकी छन् ।

बलात्कारपछि उनी गर्भवती भएकी थिइन् । डिएसपी खरेलका अनुसार पीडित किशोरीले आफूमाथि भएको यौन हिंसा वा गर्भवती भएकोबारे न त परिवारलाई जानकारी दिएकी थिइन्, न त परिवारले नै समयमै ध्यान दिएका थिए ।

‘प्रहरीले घटनाबारे सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणीसम्बन्धी मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ,’ उनले भने ।

पीडित किशोरी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्थाबारे अस्पतालले आवश्यक उपचार प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले घटनाको गम्भीरता हेरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

Published Date: 07 August 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी