बागमती प्रदेशमा आइतबार गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा

बागमती प्रदेशमा आइतबार गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा : Icon Khabar

हेटौँडा, साउन २२ । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णय र प्रदेश राजपत्रमा सूचना प्रकाशन भए अनुसार गाईजात्राको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको बताइन् ।

नेवार समुदायको महत्त्वपूर्ण बसोबास रहेको बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।

Published Date: 07 August 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी