बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २२ । बिहीबार नेप्से परिसूचक १८.३० अंक बढेर २८५०.३७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स ०.८९ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१८ स्टकको ९५ हजार ८३९ पटकको कारोबारमा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ५४ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। त्यस्तै, आज बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।

Published Date: 07 August 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी