‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित

‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित : Icon Khabar

काठमाडौं, साउन २२ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित भएकी छिन् । यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्व–दीर्घ’ मा सहकार्य गरेका थिए । यो उनीहरुको दोस्रो सहकार्य हो ।

बुधवार फिल्म ‘सुख–दुःख’ मा औपचारिक रुपमा अनुवन्ध भएपछि अभिनेत्री थापाले आफूलाई एकदम खुशी लागेको प्रतिक्रिया दिएकी छिन् । उनले फिल्मको कथाले नै आफ्नो मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा असाध्यै उत्साहित भएको बताईन् ।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुवन्ध गर्न पाउँदा असाध्यै खुशी भएको बताईन् । उनका अनुसार यो फिल्ममा विपनाको महत्वपूर्ण भुमिका रहेको छ ।

नीताले यसअघि यो फिल्मका लागि कलाकारका रुपमा मिथिला शर्मा तथा मदनकृष्ण श्रेष्ठलाई अनुवन्ध गरिसकेकी छिन् ।

आगामी फागुनदेखि फ्लोरमा जाने यो फिल्मलाई भारतीय छायांकार कवीरलाल तथा शाहिदलालले छायांकन गर्दैछन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आउने छ । यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2025
Website | + posts




ताजा
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक
बागमती प्रदेशमा आइतबार गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा
‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित
गोर्खा इको प्यानलको मनसुन अफर : अब प्रति स्क्वायर फिटको प्रीफ्याब इको प्यानल मात्र रू १४५ मा




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण