‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित

‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित : Icon Khabar

काठमाडौं, साउन २२ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख–दुःख’ मा अभिनेत्री विपना थापा अनुवन्धित भएकी छिन् । यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्व–दीर्घ’ मा सहकार्य गरेका थिए । यो उनीहरुको दोस्रो सहकार्य हो ।

बुधवार फिल्म ‘सुख–दुःख’ मा औपचारिक रुपमा अनुवन्ध भएपछि अभिनेत्री थापाले आफूलाई एकदम खुशी लागेको प्रतिक्रिया दिएकी छिन् । उनले फिल्मको कथाले नै आफ्नो मन छोएको र नीताको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्न पाउँदा असाध्यै उत्साहित भएको बताईन् ।

नीताले पनि आफ्नो फिल्ममा विपनालाई अनुवन्ध गर्न पाउँदा असाध्यै खुशी भएको बताईन् । उनका अनुसार यो फिल्ममा विपनाको महत्वपूर्ण भुमिका रहेको छ ।

नीताले यसअघि यो फिल्मका लागि कलाकारका रुपमा मिथिला शर्मा तथा मदनकृष्ण श्रेष्ठलाई अनुवन्ध गरिसकेकी छिन् ।

आगामी फागुनदेखि फ्लोरमा जाने यो फिल्मलाई भारतीय छायांकार कवीरलाल तथा शाहिदलालले छायांकन गर्दैछन् । नीता फिल्म्सको ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आउने छ । यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।

Published Date: 07 August 2025


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु