गोर्खा इको प्यानलको मनसुन अफर : अब प्रति स्क्वायर फिटको प्रीफ्याब इको प्यानल मात्र रू १४५ मा

गोर्खा इको प्यानलको मनसुन अफर : अब प्रति स्क्वायर फिटको प्रीफ्याब इको प्यानल मात्र रू १४५ मा : Icon Khabar

काठमाडौँ, साउन २२ । निर्माण क्षेत्रका लागि उत्कृष्ट समाधान प्रदान गर्दै आएको गोर्खा इको प्यानल स्थापना भएको ११ औं वर्षको अवसरमा मनसुन विशेष अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत कम्पनीले प्रीफ्याब इको प्यानल (EPS आधारित हल्का तौलको फाइबर सिमेन्ट बोर्ड) अब मात्र रु. १४५/- प्रति स्क्वायर फिटमा उपलब्ध गराउने घोषणा गरेको छ । यो सँगै फाइबर सिमेन्ट बोर्ड स्यान्डविच प्यानल पनि मात्र रु. १४५/- प्रति स्क्वायर फिटमा उपलब्ध गराउने घोषणा गरेको हो।

गोर्खा इको प्यानलद्वारा निर्माण गरिएको प्यानलहरू हल्का, पानी र आगो प्रतिरोधी हुने भएकाले यस्ता प्यानलहरू हाल घर, अफिस, विद्यालय, अस्पताल तथा अन्य व्यावसायिक भवनहरूमा वाल पार्टिसनको रूपमा प्रयोग हुँदै आएको छ।

उक्त प्यानलका विशेषताहरू हल्का तौल, आगो प्रतिरोधी, पानी प्रतिरोधी, सजिलो जडान, छिटो निर्माण प्रक्रिया लगायतका अन्य थुप्रै विशेषताहरु पनि रहेका छन्।

निर्माणलाई छिटो, सहज र दिगो बनाउने लक्ष्यसहित ल्याइएको यो अफरले निर्माण व्यवसायी तथा घर निर्माण गर्ने उपभोक्ताहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

कम्पनीका अनुसार यो विशेष अफर सीमित समयका लागि मात्र हुनेछ। इच्छुक ग्राहकहरूले गोर्खा इको प्यानल, काठमाडौँ, पेप्सिकोलास्थित कार्यालयमा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश कवांले आइकन खबरलाई जानकारी दिए।

Published Date: 07 August 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी