बिहिबार सुनको मूल्य स्थिर

बिहिबार सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, साउन २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।

आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँ पुगेको छ । काठमाडौँ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2025
Website | + posts