देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन

देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन : Icon Khabar

काठमाडौँ, साउन २१ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको योजनाअनुसार मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत् गर्न निर्देशन दिएको हो ।

मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका हुन्।

मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन निर्देशन दिएका थिए।

यस अन्तरगत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन गर्ने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले डिजिटल भुक्तानी गरे नगरेको अनुगमनमा कडाइका साथ गर्ने
जानकारी दिए।

Published Date: 06 August 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न