देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन

देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन : Icon Khabar

काठमाडौँ, साउन २१ । अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ । संघीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको योजनाअनुसार मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत् गर्न निर्देशन दिएको हो ।

मन्त्री पौडेलले अस्पतालमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका हुन्।

मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन निर्देशन दिएका थिए।

यस अन्तरगत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन गर्ने तयारी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालले डिजिटल भुक्तानी गरे नगरेको अनुगमनमा कडाइका साथ गर्ने
जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2025
Website | + posts