बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी

बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी : Icon Khabar

भक्तपुर, साउन २१ । भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालनसम्बन्धी आज सरोकारवालाहरुको बैठक सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएकोले सवारी साधन वान वे गर्ने विषयमा छलफल भयो ।

बैठकमा नगर प्रमुख प्रजापतिले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक देखिएका सडकहरुमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको बताए।

उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण सहर भएकोले पनि ब्यस्त सडकहरुमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता औंल्याईन्।

आजको बैठकले भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरियो ।

Published Date: 06 August 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न