भक्तपुर, साउन २१ । भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालनसम्बन्धी आज सरोकारवालाहरुको बैठक सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएकोले सवारी साधन वान वे गर्ने विषयमा छलफल भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक देखिएका सडकहरुमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको बताए।
उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण सहर भएकोले पनि ब्यस्त सडकहरुमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता औंल्याईन्।
आजको बैठकले भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरियो ।
Published Date: 06 August 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1