मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ

मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ : Icon Khabar

काठमाडौं, साउन २१ । सामान्यतः मानिसको बुझाइमा रहेक प्रकारका फलफूलहरु हरेक सीजनमा स्वास्थ्यका लागि लाभदायक नै हुन्छन् ।

यद्यपि, यी खानेकुरा सहि तरिकाले, उचित मात्रामा तथा मौसमअनुसार सेवन नगरेमा त्यही फलफूलले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ ।

मनसूनमा चाँडै बिग्रन सक्ने, पानीयुक्त वा कोमल फलफूलबाट टाढा रहनु नै उचित रहने छ । डा.आचार्यका अनुसार मौसम परिवर्तनसँगै मानिसको पाचन प्रणाली पनि संवेदनशील हुने गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार, केही फलफूलहरू मनसूनको मौसममा चाँडै बिग्रने भएकाले यस्ता फलफूल सेवन गर्दा पेटसम्बन्धी संक्रमण, ग्यास्ट्रिक समस्या तथा फूड प्वाइजनिङ जस्ता गम्भीर असर देखिन सक्छन् ।

किन फलफूलमा ध्यान दिनुपर्छ ?

मनसूनमा अत्यधिक हावा र पानीका कारण वातावरणमा ब्याक्टेरिया र फलफूलमा लाग्ने फङ्गसको संख्या उल्लेखनीय रूपमा बढ्छ । यस्तो अवस्थामा केही फलफूल चाँडै बिग्रन्छन् र स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छन् । तर धेरैजसो मानिसहरू मौसमअनुसार फलफूल छनोट गर्न नसक्दा अनाहकमा बिरामी पर्न बाध्य हुन्छन् ।

मनसूनमा जोखिमपूर्ण हुने पाँच फलफूल

स्वास्थ्य विज्ञहरूले मनसूनमा विशेष सावधानीका साथ सेवन गर्नुपर्ने पाँच फलफूलको सूची सार्वजनिक गरेका छन्:

१. तरबुजा

गर्मीमा अत्यन्त उपयोगी मानिने तरबुजा मनसूनमा सजिलै बिग्रन्छ । यसमा पानीको मात्रा धेरै हुने भएकाले आर्द्रतायुक्त मौसममा ब्याक्टेरिया छिट्टै फैलिन सक्छ, जसले पेटमा गम्भीर समस्या निम्त्याउन सक्छ ।

२. भुइँ कटहर

यसमा पाइने ब्रोमेलेन नामक एन्जाइम र यसको अम्लीय प्रकृतिले धेरैको पेट र घाँटीमा असर गर्छ । वर्षायाममा शरीर पहिले नै संवेदनशील हुने भएकाले भुइँकटहरले पाचन प्रणालीमा झन् दवाव दिन्छ । त्यसैले मनसूनमा यसको सेवनबाट जोगिनु उचित हुन्छ ।

३. अंगुर

अंगुर स–साना दानाहरूको समूहमा हुने फल हो, जसलाई पूर्ण रूपमा सफा गर्नु चुनौतीपूर्ण हुन्छ । यसको छालामा फङ्गसको संख्या धेरै हुनसक्ने सम्भावना अत्यधिक हुन्छ, जसले संक्रमण फैलाउने जोखिम बढाउँछ ।

४. केरा

केरा मनसूनका लागि उपयुक्त मानिँदैन । अत्यधिक चिसो र आर्द्र मौसममा केरा छिट्टै बिग्रिन्छ र यसको सेवनले ग्यास, डकार तथा अपचको समस्या निम्त्याउन सक्छ ।

५. बेरी वर्गका फलफूल (जस्तै स्ट्रबेरी, ब्लुबेरी आदि)

यस्ता फलहरू साना, छिद्रयुक्त र नाजुक हुने भएकाले फङ्गसको संख्या चाँडो बस्न सक्छ । एकपटक संक्रमित भएपछि पेट सम्बन्धी रोग तीव्र गतिमा फैलिन सक्छ । त्यसैले मनसूनमा यस्तो प्रकारका फल सेवन गर्दा विशेष सजगता आवश्यक हुन्छ ।

के खाँदा उपयुक्त हुन्छ ?

विशेषज्ञहरूले के सुझाव दिएका छन् भने मनसूनमा स्याउ, सुन्तला जस्ता छिलेर खाने फलफूल उपयुक्त हुन्छन् । यस्ता फलफूल सफा गर्न सजिला हुने र संक्रमणको जोखिम कम हुने भएकाले सुरक्षित मानिन्छन् । साथै, फलफूल खाने बेलामा सफा हातले छुने, छिलेपछि ढाक्ने र लामो समय फ्रिजमा नराख्ने बानी बसाल्नु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2025
Website | + posts