चियासँग बिस्कुट चोपेर खाने बानी छ भने पनि अब छोड्नुस

चियासँग बिस्कुट चोपेर खाने बानी छ भने पनि अब छोड्नुस : Icon Khabar

काठमाडौं, साउन १४ । प्रायः हामी सबैलाई बिहानको चिया बिस्कुट बिना अधूरो लाग्छ । तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्– ‘यदि तपाईं पनि हरेक बिहान चियाको चुस्कीसँग बिस्कुटको स्वाद लिइरहनु भएको छ भने अब त्यो बानी छोड्ने बेला आएको छ ।’

बिस्कुट स्वादिलो र सस्तो मात्र होइन, सजिलै पाइन्छ । त्यसैले बच्चादेखि वृद्धसम्म, सबै उमेर समूहका मानिसहरू यसलाई मन पराउँछन् । तर यही बिस्कुट समयसँगै तपाईंको स्वास्थ्यका लागि ‘मीठो विष’ बन्न सक्छ ।

पाचन प्रणालीमा प्रभाव
विशेषज्ञहरूका अनुसार, बिस्कुटमा प्रयोग गरिने मैदा, रिफाइन्ड चिनी तथा हाइड्रोजनेटेड तेल शरीरका लागि हानिकारक हुन्छन् । यी तत्वहरू सजिलै नपच्ने भएकाले यसले पाचन प्रणालीमा गडबडी ल्याउँछ । जसका कारण ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्या निम्तिन सक्छन् ।

ब्लड सुगर बढाउने खतरा
विशेष गरी डायबेटिज ९मधुमेह० रोगीहरूका लागि बिस्कुट निकै हानिकारक मानिन्छ । बिस्कुटको ग्लाइसेमिक इन्डेक्स उच्च हुने भएकाले यसले रक्तमा चिनीको मात्रा छिटो बढाउँछ, जुन दीर्घकालीन रूपमा ज्यानसमेत लिने खालको जोखिम हुन सक्छ ।

बालबालिकाको विकासमा असर
बालबालिकालाई बिस्कुट नियमित रूपमा खुवाउने बानीले उनीहरूको शारीरिक विकासमा नकारात्मक प्रभाव पार्न सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार, बिस्कुटमा प्रोटिन, फाइबर र आवश्यक भिटामिनहरू अत्यन्त कम मात्रामा पाइन्छ । बिस्कुटको नियमित सेवनले उनीहरूको प्रतिरोधात्मक क्षमता पनि कमजोर हुनसक्छ।

मोटोपनको मुख्य कारक
डायटिसियनहरू भन्छन्— ‘बिस्कुटमा लुकेको क्यालोरी र चिनी शरीरमा फ्याटको रूपमा जम्न थाल्छ । यसले तौल वृद्धिको खतरा बढाउँछ र मोटोपन निम्त्याउँछ । विशेषगरी पहिलादेखि नै मोटोपनको समस्यामा रहेका व्यक्तिहरूले बिस्कुट सेवन तुरुन्तै बन्द गर्नु पर्ने विज्ञहरूको सुझाव छ । अन्य व्यक्तिहरूले पनि बिस्कुट अत्यधिक मात्रामा सेवन नगर्नु नै उपयुक्त हुन्छ ।’

Published Date: 30 July 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु