चियासँग बिस्कुट चोपेर खाने बानी छ भने पनि अब छोड्नुस

चियासँग बिस्कुट चोपेर खाने बानी छ भने पनि अब छोड्नुस : Icon Khabar

काठमाडौं, साउन १४ । प्रायः हामी सबैलाई बिहानको चिया बिस्कुट बिना अधूरो लाग्छ । तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्– ‘यदि तपाईं पनि हरेक बिहान चियाको चुस्कीसँग बिस्कुटको स्वाद लिइरहनु भएको छ भने अब त्यो बानी छोड्ने बेला आएको छ ।’

बिस्कुट स्वादिलो र सस्तो मात्र होइन, सजिलै पाइन्छ । त्यसैले बच्चादेखि वृद्धसम्म, सबै उमेर समूहका मानिसहरू यसलाई मन पराउँछन् । तर यही बिस्कुट समयसँगै तपाईंको स्वास्थ्यका लागि ‘मीठो विष’ बन्न सक्छ ।

पाचन प्रणालीमा प्रभाव
विशेषज्ञहरूका अनुसार, बिस्कुटमा प्रयोग गरिने मैदा, रिफाइन्ड चिनी तथा हाइड्रोजनेटेड तेल शरीरका लागि हानिकारक हुन्छन् । यी तत्वहरू सजिलै नपच्ने भएकाले यसले पाचन प्रणालीमा गडबडी ल्याउँछ । जसका कारण ग्यास, कब्जियत र एसिडिटी जस्ता समस्या निम्तिन सक्छन् ।

ब्लड सुगर बढाउने खतरा
विशेष गरी डायबेटिज ९मधुमेह० रोगीहरूका लागि बिस्कुट निकै हानिकारक मानिन्छ । बिस्कुटको ग्लाइसेमिक इन्डेक्स उच्च हुने भएकाले यसले रक्तमा चिनीको मात्रा छिटो बढाउँछ, जुन दीर्घकालीन रूपमा ज्यानसमेत लिने खालको जोखिम हुन सक्छ ।

बालबालिकाको विकासमा असर
बालबालिकालाई बिस्कुट नियमित रूपमा खुवाउने बानीले उनीहरूको शारीरिक विकासमा नकारात्मक प्रभाव पार्न सक्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार, बिस्कुटमा प्रोटिन, फाइबर र आवश्यक भिटामिनहरू अत्यन्त कम मात्रामा पाइन्छ । बिस्कुटको नियमित सेवनले उनीहरूको प्रतिरोधात्मक क्षमता पनि कमजोर हुनसक्छ।

मोटोपनको मुख्य कारक
डायटिसियनहरू भन्छन्— ‘बिस्कुटमा लुकेको क्यालोरी र चिनी शरीरमा फ्याटको रूपमा जम्न थाल्छ । यसले तौल वृद्धिको खतरा बढाउँछ र मोटोपन निम्त्याउँछ । विशेषगरी पहिलादेखि नै मोटोपनको समस्यामा रहेका व्यक्तिहरूले बिस्कुट सेवन तुरुन्तै बन्द गर्नु पर्ने विज्ञहरूको सुझाव छ । अन्य व्यक्तिहरूले पनि बिस्कुट अत्यधिक मात्रामा सेवन नगर्नु नै उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न