आइतबार नेप्से परिसूचकमा गिरावट

आइतबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौं, साउन ११ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १८.४४ अंकले घटेर २९६४.२० बिन्दुमा अडिएको छ।

तीन हजार बिन्दुभन्दा माथि उक्लिएको नेप्से अन्तिममा ०.६१ प्रतिशतले घटेको छ। आज दिनभर ५ करोड ८६ लाख ५३ हजार ७ सय ६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ३७ रुपैयाँमा किनबेच भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ६३ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ।

करिब एक वर्षपछि बजारले ३ हजारको विन्दु पार गरे पनि अन्तमा घटेर बन्द भएको हो।

प्रि-ओपनिङमा २ अंकले बढेर २ हजार ९८४ बिन्दुबाट खुलेको बजारले दिउँसो १२ बजेर ५० मिनेट जाँदा ३ हजारको विन्दु पार गरेर ३ हजार १३ अंकमा पुगेको थियो । त्यसपछि भने बजार ओरालो लाग्दै अन्तमा घटेको छ।

आज समता घरेलु लघुवित्त र ट्रेड टावरका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.४ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका हिसाबले शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने