आइतबार नेप्से परिसूचकमा गिरावट

आइतबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौं, साउन ११ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १८.४४ अंकले घटेर २९६४.२० बिन्दुमा अडिएको छ।

तीन हजार बिन्दुभन्दा माथि उक्लिएको नेप्से अन्तिममा ०.६१ प्रतिशतले घटेको छ। आज दिनभर ५ करोड ८६ लाख ५३ हजार ७ सय ६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २ सय ३७ रुपैयाँमा किनबेच भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये ६३ वटाको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ।

करिब एक वर्षपछि बजारले ३ हजारको विन्दु पार गरे पनि अन्तमा घटेर बन्द भएको हो।

प्रि-ओपनिङमा २ अंकले बढेर २ हजार ९८४ बिन्दुबाट खुलेको बजारले दिउँसो १२ बजेर ५० मिनेट जाँदा ३ हजारको विन्दु पार गरेर ३ हजार १३ अंकमा पुगेको थियो । त्यसपछि भने बजार ओरालो लाग्दै अन्तमा घटेको छ।

आज समता घरेलु लघुवित्त र ट्रेड टावरका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ६.४ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमका हिसाबले शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ।

Published Date: 27 July 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी