झौखेलको ओके मिनिरल वाटरदेखि जय छुमा गणेश खानेपानीको पानी स्वास्थ्यका लागि हानिकारक

झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

झौखेलको ओके मिनिरल वाटरदेखि जय छुमा गणेश खानेपानीको पानी स्वास्थ्यका लागि हानिकारक : Icon Khabar

भक्तपुर, साउन ११ । चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई शनिबारदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित ती उद्योगले बिक्री गर्दै आएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली, कोलिफार्म, एमोनियालगायतका तत्व पाइएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिए । प्रतिबन्ध लगाइएका उद्योगहरूमा जय छुमा गणेश खानेपानी, ओके मिनिरल वाटर, झौखेल खानेपानी, कर्णाली खानेपानी र भक्तपुर खानेपानी उद्योग छन् ।

गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठसहित अनुगमन समितिका सदस्य सन्तोषी नेपाली, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, निलाकुमारी घिमिरे, वास संयोजक सुरेन्द्र लामिछाने, विभिन्न विषयगत समितिका प्रतिनिधिलगायतले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतको स्थलगत निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा खानेपानीको उत्पादनमा समस्या देखिएको, गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामा ध्यान नदिएको पाइएपछि पानीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

नगरपालिकाको निर्देशनको अवज्ञा गर्ने उद्योगहरूलाई नियमानुसार कानुनी कारबाही गरिने जनाइएको छ । झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उद्योग सञ्चालनमा छन् । – रासस

Published Date: 27 July 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी