झौखेलमा प्रतिबन्धित खानेपानी उद्योगहरुले पुन: पानी बिक्री गरेपछि गरियो तालाबन्दी

झौखेलमा प्रतिबन्धित खानेपानी उद्योगहरुले पुन: पानी बिक्री गरेपछि गरियो तालाबन्दी : Icon Khabar
तस्बिर: चाँगुनारायण नगरपालिका

भक्तपुर, साउन ११ । भक्तपुरको झौखेलमा सञ्चालित पाँचवटा खानेपानी कम्पनीको पानीमा कोलिफार्म भेटिएपछि प्रतिबन्ध लगाइएपनि पानी उद्योगले पानी बिक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ ।

प्रतिबन्ध लगाएपछि पनि बिक्रि वितरण नरोकिएपछि चाँगुनारायण नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मंच तथा उद्योग वाणिज्य संघले संयुक्त रूपमा अनुगमन गरी उद्योगहरूमा तालाबन्दी गरेको हो ।

उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उत्पादन उद्योग पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उद्योगीहरूले जनस्वास्थ्यमा गम्भिर असर गर्ने खालको गतिविधि बढाए स्थानीय ऐन अनुसारको कारवाही प्रकृया अगाडी बढाउने समेत उपप्रमुख बुढाथोकीले बताए।

अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रालि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालि का पानी उद्योगमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमणका क्रममा भक्तपुर नेचुरल वाटर प्रालिबाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो । पाँचवटा कम्पनीले सोमबार भित्र ल्याब टेस्ट रिपोर्ट नगरपालिकामा पेस गरेपछि नगरपालिकले पुन: पानी परिक्षण गरेपछिमात्रै बिक्री खुल्ला गर्न सकिने नगरपालिकाले बताउँदै आएको थियो । तर आज बिहानदेखि नै बन्द उद्योग भित्रबाट पानी बिक्री भएको पाइएपछि पुन: अुनगमण तिव्र बनाएको हो ।

यस्तै अनुगमण टोलीले आइतबार झौखेलका पाँचवटा थप उद्योगको अनुगमण गरी पानीको नमुना संकलन गरी नगरपालिकाले परिक्षणकालागि लगिएको छ ।

Published Date: 27 July 2025


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी