सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने

सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने : Icon Khabar

काठमाडौँ, साउन ९ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ।

बिहीबार मन्त्रालयको प्रशासन विभागले एक सूचना जारी गरी देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा यो अभियान चलाउनु पर्ने जनाएको छ।

यसका लागि मन्त्रालयका सबै कर्मचारी तोकिएको समयमा उपस्थित भइ आफ्नो कार्यालय सफा गर्नु गराउनु भनी सूचना जारी गरिएको छ।

मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै देशभर डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयसहित हरेक घर, टोल सबैले प्रत्येक साता एक घण्टाका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाउने कार्यक्रम अघि सारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने