सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने

सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने : Icon Khabar

काठमाडौँ, साउन ९ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ।

बिहीबार मन्त्रालयको प्रशासन विभागले एक सूचना जारी गरी देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रलाई प्रत्येक शुक्रबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टा यो अभियान चलाउनु पर्ने जनाएको छ।

यसका लागि मन्त्रालयका सबै कर्मचारी तोकिएको समयमा उपस्थित भइ आफ्नो कार्यालय सफा गर्नु गराउनु भनी सूचना जारी गरिएको छ।

मन्त्रालयको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साता नै देशभर डेंगी नियन्त्रणका लागि सरकारी कार्यालयसहित हरेक घर, टोल सबैले प्रत्येक साता एक घण्टाका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाउने कार्यक्रम अघि सारेको थियो।

Published Date: 25 July 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु