नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान : Icon Khabar

काठमाडौं, साउन ९ । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ। बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि यो ठेक्का खुलाइएको हो ।

इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्नेछ। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने सूचनामा उल्लेख छ।

यसअघि अगस्ट १७, २०२५ मा प्रि–बिड बैठक आयोजना गरिनेछ। बोलपत्रमा सहभागी हुन चाहने कम्पनीले २० हजार नेपाली रुपैयाँ वा (१४६ अमेरिकी डलर, १२६ युरो, १०९ पाउन्ड स्टर्लिङ) तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन्।

साथै, बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी पनि पेस गर्नुपर्नेछ।

Published Date: 25 July 2025






ताजा
मध्य इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न