भक्तपुर, साउन ९ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको जात्रा पर्व र पर्यटन प्रवर्द्वनसम्बन्धी पर्यटन व्यवसायीहरुबीच छलफल कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएको देश भए पनि नेपालको पर्यटन विकास सन्तोषजनक नरहेको बताए।
उनले छिमेकी देशका पर्यटकलाई लक्षित गरी आवश्यक योजनाहरु बनाउनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताए।
भक्तपुरका जात्रा पर्व सांस्कृतिक पर्यटन विकास गर्ने आधार हो भन्दै उहाँले यहाँका मौलिकता प्रदर्शन र मूर्त अमूर्त सम्पदा देखाउने राम्रो अवसर पनि सांस्कृतिक गतिविधिले दिएको बताए।
भक्तपुरको मौलिकता संरक्षण गर्न नपाले मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई आर्थिक अनुदानको व्यवस्था गर्दै आएको बताउँदै उनले पर्यटकले निर्धक्क रुपमा घुम्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
Published Date: 25 July 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1